

काेराेनाबाट थप सात जनाकाे मृत्यु, ३०२ जनामा संक्रमण पुष्टि

काठमाडौं – नेपालमा शुक्रबार थप सात जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नियमित प्रेस व्रिफिङ गर्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ४८० जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा २ लाख ६३ हजार ३४८ जना कोरोनामुक्त भएका छन् ।
त्यस्तै कोरोनाका कारण हालसम्म नेपालमा एक हजार नौ सय ८६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै हाल ३६ सय १४ जना आइसोलेसनमा र १५८ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २० लाख ३५ हजार ३०१ वटा पिसिआर गरिएको स्वास्थय मन्त्रालयले जनाएको छ ।

