
दार्चुलामा जिप दुर्घटना : १ को घटनास्थलमै मृत्यु, ५ जनाको उद्धार
दार्चुला – दार्चुलामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
बिहीबार साँझ लटिनाथबाट मकरिगाड जाँदै गरेको म १ ज २३३ नम्बरको जिप अपिहिमाल गाउँपालिका वडा नम्बर-५ तिम्लामा दुर्घटना भएको अपीहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले जानकारी दिए ।
उनका अनुसार अपिहिमाल ६ बस्ने अन्दाजी १८ वर्षका दिनेश धामीको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलबाट ५ जनाको उद्धार गरी मार्मा गाउँपालिकाको स्वास्थ्यचौकीमा लगिएको अध्यक्ष बोहराले जानकारी दिए ।



कागजपत्र |
