

सडक किनारामा सुतिरहेका मानिसलाई ट्रकले किच्दा चारको मृत्यु

एजेन्सी – एक अज्ञात तीब्र गतिको ट्रकले दिल्लीमा अबेर राती स्थानीय समयानुसार १ बजेर ५१ मिनेटमा डिभाइडरमा सुतिरहेका चारजनालाई किचेको छ ।यो दुर्घटनामा चारजनाको मृत्यु हुनुका साथै दुई अन्य गम्भीर रुपमा घाइते भएका छन् ।
ट्रकको ठक्करपछि दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो भने अन्य दुईको उपचारको क्रममा मृत्यु भएको हो ।तीब्र गतिको ट्रक दिल्लीको सीमापुरीको डिटिसी डिपोट रेड लाइटलाई पार गर्ने कोसिस गरिरहेका बेला दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Delhi | An unknown speeding truck mowed down 4 people & injured 2 persons who were sleeping on the road divider, while crossing DTC Depot Redlight in Seemapuri: Police https://t.co/71EgsKQFo6 pic.twitter.com/iRT2HlodJU
— ANI (@ANI) September 21, 2022

