झापामा कार दुर्घटना : मृत्यु भएका दुई जनाको सनाखत


झापा – झापाको शिवसताक्षीमा कार दुर्घटनामा परि मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ। सप्तरीका ४४ वर्षीय बलराम यादव र सुनसरी इटहरीकी ३० वर्षीया गीता चौधरीको मृत्यु भएको विएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए।

सो दुर्घटनामा परेर अन्य चार जना गम्भिर घाइते भएका छन्। उनीहरूको विएण्सी अस्पतालमा उपचार भइरहेको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षीमा मंगलबार अपरान्ह साढे ४ बजे कार दुर्घटनामा परेको थियो। तीव्र गतिको कारलाई चालकले नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।

तीव्र गतिको कार सडक किनारको बरको रूखमा ठोक्किएको थियो। कारमा ६ जना सवार थिए। बा १४ च ९१०८ नम्बरको कार दुर्घटना भएको प्रहरीले इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया