गैरकानुनी हिरासतमा राखेर पैसा असुल्दै कोटेश्वरका ईन्स्पेक्टर पनेरु

छानबिन गर्दैछौंः एआइजी धानुक


काठमाडौं – कानुनको अक्षरसः पालना गर्दै, कानुन कार्यान्वयन गर्ने र गराउने जिम्मेवारी लिएर देशका दूरदराजमा सरकारकोे प्रतिनिधित्व गर्दै खटिएका कानुनका रक्षक नेपाल प्रहरी नै भक्षक भएपछि सर्वसाधारणले बिना अपराध अनावश्यक दुःख पाउन थालेका छन् ।

आफ्नो स्वार्थ पूरा गर्न केही प्रहरी अधिकृतले जनताका सेवकको नामले ख्याती कमाएको नेपाल प्रहरी जस्तो संगठनलाई जनताको दुश्मन झैं आफ्नो बर्दी र ओहदाका दुरुपयोग गर्न थालेपछि सर्वसाधारणले अनावश्यक दुःख पाउन थालेका हुन् ।

गत बुधवार बेलुका सोधपुछको लागी भनेर कोटेश्वर प्रभागले नियन्त्रणमा लिएका सुभाष श्रेष्ठलाई प्रभागका प्रमुख प्रहरी निरीक्षक (ईन्स्पेक्टर) निर्मल पनेरुले गैर कानुनीरुपमा ३ दिन हिरासत राखेर ठूलै बार्गेनिङ गरे । न पक्राउ पुर्जी न थप अनुसन्धानको लागी म्याद थप ।

बानेश्वर वृत्तलाई समेत जानकारी नदिकन ईन्सपेक्टर पनेरुले श्रेष्ठलाई चार लाख बार्गेनिङ गरेको उनी निकट स्रोतले बतायो । जुन कुरा नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र महानगरिय प्रहरी आयुक्त कार्यालयका प्रमुख रविन्द्र धानुकको कानमा पर्यो । तत्काल यो बिषयमा बुझ्न बानेश्वर बृत्तका प्रमुख डिएसपीलाई आदेश दिएपछि आफ्नो पोल खोल्ने डरले इन्सपेक्टर पनेरुले श्रेष्ठलाई तत्काल उनका आफ्न्तका जिम्मा लगाएर छाडिदिए ।

यो त एक प्रतिनिधि घटना मात्र हो । कोटेश्वर प्रभागमा बसेर ईन्सपेक्टर पनेरुले यस्ता धेरै गैरकानुनी तरिकाले मुद्दाको डिल गर्दै आएको पाईएको छ । उनले एक साता अगाडी एक मारवाडीको ठाडो उजुरीकोे आधारमा न्यूरोडबाट चोरी गरेको भन्दै एक व्यक्तिलाई पक्राउ गरे । ती पक्राउ परेका व्यक्तिको बयानका आधारमा चोरीको सामान किन्ने रामेछापका अर्जुन थापालाई पनि नियन्त्रणमा लिए । अनि सुरु गरे बार्गेनिङ ।

चोर भनिएका व्यक्ति अर्जुनका भान्जा थिए । न्यूरोडबाट चोरी गरिएका ती सामान लामो समयदेखि अर्जुनलाई बिक्री गर्दै आएका थिए । चोरलाई र चोरीको सामान किन्ने दुई अभियुक्तलाई कानुन बमोजिम कारवाही नगरीकन ईन्सपेक्टर पनेरुले ५० लाख रुपैंयाँ ती मारवाडी व्यापारीलाई दिलाएर आफूले पनि राम्रै हिस्सा लिएको प्रभाग एक जुनियर अधिकृतले जानकारी दिए ।

ईन्सपेक्टर पनेरु प्रभाग आएदेखि यस्ता गैरकानुनी धन्दा फस्टाएको आरोप ती अधिकृत लगाएका छन् । यस बारेमा आयुक्त कार्यालयका प्रमुख आयुक्त एआईजी रबिन्द्र धानुकले छानबिन भईरहेको जनाए ।

प्रतिक्रिया