
‘महाभियोग टुंगो नलागेसम्म जबराले काम गर्न नपाउने’ संसद सचिवालयको भनाइ
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबिरुद्धको महाभियोग प्रस्तावको टुंगो नलागेकोले उनले प्रधानन्यायाधीशको रुपमा पदिय जिम्मेवारी नपाउने भएका छन् ।
संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले आइतबार राष्ट्रपति कार्यालय शितल निवास, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबार, संवैंधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद् र चोलेन्द्र शम्शेर जबरालाई पत्र लेख्दै यस्तो जानकारी दिएका हुन् ।
गत २०७८ साल फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबिरुद्ध प्रतिनिधि सभाका एक चाैथायी बढी सांसद सदस्यले महाभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको तर आज आइतबार बिहानबाट संघीय संसदको प्रतिनिधि सभाकाे कार्यकाल समाप्त भएसँगै राणा विरुद्ध दर्ता भएको महाभियाेग प्रस्ताव उल्टिएर जबरा प्रधानन्यायाधीशमा जिम्मेवारी सम्हाल्न आजदेखि आउलान कि भन्ने आशंकालाई सचिवालयले अन्त्य गरेको छ ।
संसदले संविधानको धारा १०१ को उपधारा (६) बमोजिम कारबाही प्रारम्भ भएपनि नेपालको प्रधानन्यायाधीशले त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफुनो पदको कार्यसम्पमदन गर्न पाउने छैन भन्ने संवैधानिक व्यवस्था रहेकोले प्रतिनिधिसभाको नियमावली २०७५ को नियम १६१ को उपनियम (९) मा ‘महाधियोगको कार्य प्रारम्भ भएपछि आरोपित नेपालको प्रधानन्यायाधीशले त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैन भन्ने व्यवस्था भएकोले सो महधिभयोगको अकारबाही टुंगो नलागेसम्म निजले आफुनो पदको कार्यसम्पादन गर्न नपाउने सचिवालयले स्पस्ट पारेको हाे ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कारणले न्याय परिषद्को बैठक नै बस्न नकसेको र आम नागरिकबाट गम्भीर प्रश्न उठेको पद अनुकूललको आचारण नगरेको लगायतका कारणहरुले गर्दा निजलाई कानूनको गम्भीर उल्लंघन गरेकोले नेपालको सविधानको धारा १०१ र प्रतिनिधिसभा नियमावली २०७५ को नियम १६१ बमोसिजम गत फागुन १ गते उनीबिरुद्ध महाभियोगको सूचना सभामुखलाई दिइएको थियो ।
हेर्नुस, संसद सचिवालयका महासचिव गौतमले राष्ट्रपतिसहितलाई दिएको जानकारी पत्र –





कागजपत्र |
