प्रतिनिधिसभाको अन्तिम दिन आज, प्रधानमन्त्रीले बैठक सम्बोधन गर्दै
काठमाडौं – प्रतिनिधिसभाको अन्तिम दिन आज प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने भएका छन् ।
आजको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाल समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पनि सम्बोधन गर्ने संसद सचिवालयले जनाएको छ । आज संसद बैठक दिउँसो १ बजेबाट बस्दै छ ।
आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले भन्ने बोल्ने नबोल्ने तय भइसकेको छैन । यद्यपि, पार्टीका एक नेताले प्रधानमन्त्री बोल्ने भएपछि प्रचण्डले पनि सम्बोधन गर्ने बताए ।