
प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने प्रावधान संविधानमा छ : विष्णु पौडेल
काठमाडाैं – प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा नेकपाका महासचिवसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने प्रावधान संविधानमा रहेको बताएका छन् ।
प्रेस संगठनले राजधानीको राष्ट्रिय सभागृहमा बिहीबार आयोजना गरेको भेलामा बोल्दै पौडेलले बहुमत भएको प्रधानमन्त्रीले पाउने धारा ८५ ले विघटनको अधिकार दिएको उल्लेख गरेका छन् ।उनले प्रतिनिधि सभा पुनःस्थापित हुने अवस्था छैन तर सर्वोच्च अदालतको फैसला मान्न तयार भएको बताए ।
‘निर्वाचन हुन्छ, निर्वाचन गर्ने खर्च सरकारले जोहो गरेको छ’ उनले भने, ‘निर्वाचन हुन्छ, निर्वाचन आयोग सक्षम छ, सुरक्षा निकाय तयार छ ।’ उनले आफूहरु पनि संविधान निर्माण प्रक्रिया र कानुन निर्माणका प्रक्रियामा सहभागी भएको हिसावले विश्लेषण गर्दा प्रतिनिधिसभा पुनर्स्थापना नहुने विश्लेषण गरेको बताए।



कागजपत्र |
