ओली समूहको कार्यक्रम बिथोल्न खोजेको भन्दै प्रचण्ड–नेपाल समूहका कार्यकर्ता पक्राउ


सप्तरी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ओली समूहको सप्तरीमा हुन लागेको कार्याक्रम बिथोल्न खोजेको भन्दै प्रहरीले सात जनालाई पक्राउ गरेको छ। बिहीबार बिहान मोटरसाइकल र्‍याली र प्रशिक्षण कार्याक्रम बिथोल्न खोजेको भन्दै प्रहरीले प्रचण्ड–नेपाल समूहका सात कार्यकर्तालाई नियन्त्रणमा लिएको हो।

ओली समूहका नेता महेश बस्नेतको नेतृत्वमा बिहीबार सप्तरीमा मोटरसाइकल र्‍याली र प्रशिक्षण कार्यक्रमलाई बिथोल्न खोजेको भन्दै प्रहरीले प्रचण्ड–माधव समूहका छेदी रजक, बिनोद यादव, वडा अध्यक्षसमेत रहेका प्रेम यादवलगायतलाई पक्राउ गरेको हो ।

सदरमुकाम राजविराजस्थित जनआन्दोलन चोकमा नाराबाजी गरिरहेका उनीहरुलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया