
राजाका रुपमा पहिलो पटक बकिङ्घम प्यालेसमा प्रवेश गरे चार्ल्स तृतीय
काठमाडौँ- बेलायतका राजा चार्ल्स तृतीय राजाको रुपमा पहिलो पटक बकिङ्घम प्यालेसमा प्रवेश गरेका छन्। उनी पत्नी क्यामिलासहित दरबारमा आइपुग्दा सयौँको भीडले उनको स्वागत गरेको थियो।
सो भीड नयाँ राजाको स्वागतमा दरबारबाहिर उभिएको थियो। बिहीबार उनकी आमा रानी एजिवेथको द्वितीयको निधन भएपछि चार्ल्स राजा बनेका हुन्। उनी बकिङ्घम प्यालेसमा प्रवेश गर्दा ‘राजा जिन्दावाद!’ को नारा लागेको थियो भने मानिसहरुले ताली पिटेका थिए।
त्यसलगत्तै राजा चार्ल्सले प्रधानमन्त्री लिज ट्रसलाई भेट दिएका छन्। चार्ल्सलाई शनिबार बिहान औपचारिक रुपमा राजा घोषित गर्ने कार्यक्रम छ।



कागजपत्र |
