
बंगलादेशकी प्रधानमन्त्री भारत भ्रमणमा
भ्रमणका क्रममा दुई नेतृबीच द्धिपक्षीय तथा बहुपक्षीय विषयमा छलफल भएको थियो । सो अवसरमा उनीहरुले दुई देशका जनताको हितमा सम्बन्धलाई अगाडि बढाउने साझा प्रतिबद्धता व्यक्त गरेका थिए । भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनेमा दुवै नेताले विश्वास व्यक्त गरेका थिए ।
मंगलबार नै प्रधानमन्त्री हसिनाले उपराष्ट्रपतिसँग पनि भेटवार्ता गरेकी थिइन् । चार दिने भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्ली पुगेकी प्रधानमन्त्री हसिनाले प्रधानमन्त्री मोदी र भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई पनि भेट गरेकी छिन् । -एजेन्सी



कागजपत्र |
