
धरानका मेयर हर्क साम्पाङको राजीनामा मागियो
काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको राजीनामा मागिएको छ ।
सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विद्यार्थी सङ्गठनले साम्पाङको राजीनामा मागेको हो ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस ९धरान० का अध्यक्ष अभाष अधिकारीले सोमबार विज्ञप्ति जारी गरी मेयर साम्पाङको राजीनामा मागेका हुन्।
मेयर साम्पाङले सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको तथा इन्जिनियरहरूको मानमर्दन गरेको आरोप सङ्गठनले लगाएको छ। राजीनामा नदिए कडा आन्दोलन गर्ने चेतावनी पनि उसले दिएको छ।
केही दिनअगाडि अगाडी मेयर साम्पाङले काठमाडौँका मेयर बालेन्द्र शाहप्रति लक्षित गर्दै इन्जिनियरहरूलाई कटाक्ष गरेका थिए।



कागजपत्र |
