आज पनि सुनचाँदीको मूल्यमा गिरावट


काठमाडौं – नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

आइतबार प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ६ सय रुपैयाँले घटेर ९४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार सोमबार चाँदी प्रतितोलामा १५ रुपैयाँले गिरावट आएर ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया