उत्तर कोरियाको सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड


काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उत्तर कोरियाको सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिउका छन् ।

नेपाल–कोरिया मैत्री सङ्घ र सङ्गुन समर्थक संस्थाले नेता किम जोन इलले कोरियाली सेनालाई निर्देशन दिएको ६२ औँ वर्ष पुगेका अवसरमा आज यहाँ आयोजना गरिएको कार्यक्रममा कोरियाका जनताले स्वतन्त्रता र स्वाधीनताका लागि देखाएको एकताको सराहना गर्दै अध्यक्ष तिमिल्सिनाले सरकारदेखि सरकारको सम्बन्धलाई अब जनतादेखि जनतासम्म पु¥याउन खाँचो रहेको औँल्याए ।

नेकपा (माले) का महासचिव सिपी मैनालीले वैदेशिक हस्तक्षेपलाई निस्तेज गरी कोरियाले आफ्नो राष्ट्रियता संरक्षणका लागि देखाएको दृढताबाट नेपालले शिक्षा लिनुपर्ने विचार व्यक्त गरे ।

सांसद नविना लामाले नेपालको दिगो विकासका लागि बामपन्थी शक्तिबीच एकताको आवश्यकता रहेको बताए । राजनीतिक विश्लेषक सुरेन्द्र केसीले रोजगारीका साथै अवसरका खोजीमा करिब ८० लाख युवाशक्ति विदेशिएको अहिलेको समयमा नेपालमा गरिने कुनै पनि क्रान्ति सफल नहुने विचार व्यक्त गरे ।

नेपाल–कोरिया मैत्री सङ्घका महासचिव फणिन्द्रराज पन्त, बामपन्थी नेताहरु हस्तबहादुर केसी र दावा तामाङले उत्तर कोरिया र दक्षिण कोरियाको जनताको पुनरएकीकरण हुने चाहना भएकाले त्यो पूरा हुनुपर्ने शुभेच्छा व्यक्त गरे ।

प्रतिक्रिया