विश्वमा कोरोनाः संक्रमित संख्या ४ करोड नजिक, ११ लाख भन्दा बढीको मृत्यु, ७१ हजार बढी गम्भीर


काठमाडौं – विश्वमा कोरोना संक्रमितको संख्या चार करोड नजिक पुगेको छ । पछिल्लो २४ घन्टामा ३ लाख ७१ हजार २ सय ९१ जना नयाँ संक्रमित थपिएसँगै हालसम्म विश्वमा संक्रमित हुनेको संख्या ३ करोड ९९ लाख ३७ हजार ७ सय ३६ पुगेका छन् । त्यस्तै पछिल्लो २४ घन्टामा ५ हजार ५ सय ५८ जना संक्रमितको मृत्यु भएसँगै हालसम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ लाख १४ हजार १ सय ८७ पुगेको छ ।

विश्वमा पछिल्ला दिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । हालसम्म विश्वमा सबैभन्दा कोरोना संक्रमितको संख्या अमेरिकामा रहेको छ । अमेरिकामा हालसम्म ८३ लाख ४१ हजार ८ सय ३६ जना संक्रमित पुगेका छन् भने २ लाख २४ हजार २ सय ७८ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकापछि धेरै संक्रमितको संख्या भारतमा देखिएको छ । भारतमा हालसम्म ७४ लाख ९२ हजार ७ सय २७ जना संक्रमित पुगेका छन् भने १ लाख १४ हजार ६४ जनाको मृत्यु भइसकेको छ ।

विश्वमा हालसम्म २ करोड ९८ लाख ७९ हजार ९ सय २० जना कोरोना मुक्त भइसकेका छन् भने ८९ लाख ४३ हजार ६ सय २९ जना अहिले पनि सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ७१ हजार ९ सय ३३ जना गम्भीर प्रकृतिका बिरामी रहेका छन् ।

प्रतिक्रिया