रुखबाट लडेर सलकपुरमा एक जनाको मृत्यु


विराटनगर – दाउरा काट्ने क्रममा रुखबाट लडेर मोरङको सुन्दरहरैँचा नगरपालिका-८ स्थित सलकपुर सामुदायिक वनमा सोमबार दिउँसो एक जनाको मृत्यु भएको छ।

हङरायोको रुखबाट लडेर सुन्दरहरैँचा-११ का ५५ वर्षीय अमिलाल थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। रुखमा चढेर दाउरा काट्ने क्रममा दिउँसो ३:४० बजेतिर लडेर थारु गम्भीर घाइते भएका थिए।

प्रहरीका अनुसार उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याई पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेका हुन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ।

प्रतिक्रिया