

रुकुम पूर्व प्रहरी दुर्घटना : घाइतेहरूलाई हेलिकोप्टरबाट लगियो नेपालगन्ज

काठमाडौं – रुकुम पूर्वमा भएको प्रहरीको भ्यान दुर्घटनामा परी घाइते भएकाहरूलाई नेपालगन्ज लगिएको छ।
आज जिल्ला सदरमुकाम रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिकाको तक सेरातर्फ जाँदै गरेको नेपाल प्रहरीको लु १ झ ६६० नम्बरको भ्यान तल्लो सेरा गाउँ नजिकै दुर्घटना भएको थियो।
दुर्घटनामा नेपाल प्रहरीका रुकुम पूर्व प्रमुख नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका डिएसपी रवीन्द्र श्रेष्ठ, चालक प्रहरी हवल्दार कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढामगर, प्रहरी जवानहरू इन्द्र घर्ती र लक्ष्मण पुन घाइते भएका छन्।
सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरूलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको प्रहरीले जनाएको छ। गाडी सडकबाट झन्डै सय मिटर तल खसेको छ।

