बेबी टैल्कम पाउडर उत्पादन राेक्दै जोन्सन एन्ड जोन्सन


काठमाडौं – जोन्सन एन्ड जोन्सन(जे एन्ड जे)ले सन् २०२३ देखि विश्वभर आफ्नो टैल्कममा आधारित बेबी पाउडर बनाउन र बिक्री गर्न बन्द गर्ने घाेषणा गरेकाे छ ।

जे एन्ड जेले अमेरिका र क्यानाडामा २०२० मा नै याे पाउडरकाे उत्पादनमा बन्द गरिदिएकाे छ । अब कम्पनीले टैल्कम पाउडरकाे साटाे कर्नस्टार्च बेस्ड पाउडर ल्याउने छ ।

वास्तवमा, यो बेबी पाउडरको प्रयोगले क्यान्सरको खतरा रहेको दाबी विश्वभर भइरहेको छ । क्यान्सरको आशंकाको रिपोर्ट आएपछि उत्पादनको बिक्रीमा पनि ठूलो गिरावट आएको थियो । यद्यपि कम्पनीले सधैं यो पाउडर सुरक्षित नै भन्दै आएकाे थियाे ।

जे एन्ड जेले बिहीबार भन्यो, ‘यसको पोर्टफोलियोको मूल्याङ्कन गरेपछि, यसले टैल्कम पाउडरको सट्टा कर्न स्टार्च प्रयोग गरेर आफ्ना सबै बेबी पाउडर उत्पादनहरू बनाउने व्यावसायिक निर्णय गरेको छ ।’

प्रतिक्रिया