यी प्रदेशमा आज पनि भारी वर्षा


काठमाडौं- देशका केही स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश–१, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन तथा यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु पर्ने अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एकदूई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको विभागले केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया