प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी बीच भेटवार्ता


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। आइतबार बिहान ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतलनिवास पुगेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको भेटमा भएको कुराकानीबारे भने केही खुलेको छैन । ओली विकसित राजनीतिक घटनाक्रमबारे नियमित ब्रिफिङका लागि शीतलनिवास पुगेको बताइएको छ।

बाँकी कुराबारेमा शीतल निवास र बालुवाटार दुवैले केही खुलाएका छैनन्। देशमा राजनीतिक संकट आउँदा या आफूलाई अफ्ठेरो परेको समयमा ओली शीतल निवास गइरहन्छन्। तर यस पटकको भेटलाई नियमित भनिएको छ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ सुरु हुनुअघि प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए।

प्रतिक्रिया