१९औं एसियाली खेलकुदको नयाँ मिति घोषणा


काठमाडौं – १९औं एसियाली खेलकुद हाङझोउको नयाँ मिति सार्वजनिक गरिएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले कोभिड १९ महामारीका कारण स्थगित गरिएको प्रतियोगिता अर्को वर्ष सेप्टेम्बरमा सुरु गर्ने घोषणा गरेको हो ।

अब १९औं एसियाली खेलकुद हाङझोउमा अर्को वर्ष २३ सेप्टेम्बर देखि ८ अक्टोबरसम्म हुनेछ । यसअघि यही सन् २०२२ को १० सेप्टेम्बरदेखि २५ सम्म प्रतियोगिता हुने भनिएको थियो ।

प्रतियोगिता आयोजनाका लागि बनेको विशेष टास्क फोर्सले चिनीया ओलम्पिक कमिटी, हाङझोउ एसियाली खेलकुद आयोजक कमिटी, चिनीया सरकार र अन्य सरोकारवालाहरुसँगको छलफलपछि मिति तय गरेको ओसिएले जनाएको छ ।

प्रतिक्रिया