चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ गैँडा मरे


चितवन – चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षको अन्तरालमा ३७ वटा गैँडा मरेका छन्। यीमध्ये ३३ वटा गैँडा प्राकृतिक कारणले मरेका हुन् । नौवटा गैँडा आपसमा जुधेर मरेका छन्। बाघको आक्रमणबाट ६ वटा मरेका छन्। दुईवटा चोरी शिकारीबाट र एउटाको कारण नखुलेको छैन।

आर्थिक वर्ष २०७८/७९ मा १८ वटा भाले र १४ वटा पोथी गैँडा मरेको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। पाँचवटा गैँडाको पहिचान खुलेका छैन्। यी मध्ये एकवर्ष भन्दा कम उमेरका ६ गैँडा मरेका छन्। साना गैँडा बाघको आक्रमणको जोखिममा हुन्छ।

बच्चा देखेपछि बाघ पछि लागेर मौका छोपेर आक्रमण गर्छ। गैंडाको बच्चालाई बाघले आक्रमण मार्छ। जुधेर, बुढो भएर, दलदल र खाडलमा फसेर, बाघको आक्रमणमा मरेका हुन्। बाघले झम्टिदा घाइते भएपछि संक्रमणका कारण बच्चा मर्ने गर्छ। आर्थिक वर्ष २०७५/७६ मा ४३ गैँडा मरेका थिए। आर्थिक वर्ष २०७४/०७५ मा २६ गैंडा प्राकृतिक कारणले मरेका थिए।

राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्व प्रमुख रामकुमार अर्यालले प्राकृतिक कारणले मरेको भएपनि उमेर पुगेका बाहेकको कारण संरक्षणमा चुनाती रहेको बताए । वन्यजन्तु अवलोकनका लागी ख्याती कमाएको चितवन राष्ट्रिय निकुञ्जमा गैँडा हेर्नकै लागी पर्यटक आउँछन्।

यता आर्थिक वर्षमा एक लाख ९० हजार ४५८ पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन्। सन् २०२१ म गरिएको गणना अनुसार नेपालमा सात सय ५२ गैँडा थिए। चितवन राष्ट्रि निकुञ्जमा ६ सय ९४ गैँडा छन्।

प्रतिक्रिया