संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा १५ सहसचिवको सरुवा


काठमाडौं – सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत सहसचिवहरुको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारीअनुसार पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।

यस्तै संघीय मामिला तथा सामान्य मन्त्रालयका सहसचिव प्रदीप परियारलाई सहरी विकास मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ । यसैगरी सहरी विकास मन्त्रालयका सहसचिव विष्णु प्रसाद शर्मालाई अर्थ मन्त्रालय गण्डकी प्रदेश सरुवा गरिएको छ ।

अर्थ मन्त्रालय गण्डकी प्रदेशका प्रदेश सचिव वैकुण्ठ प्रसाद अर्याललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य मन्त्रालयका सहसचिव प्रकाश पौडेललाई रक्षा मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ ।

यस्तै राष्ट्रिय समावेशी आयोगका शिव कुमार कार्कीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय , प्रदेश १ विराटनगर अन्तर्गत सरुवा गरिएको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयका प्रदेश सचिव दीपक घिमिरेलाई संघीय मामिला तथा सामान्य मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ ।

रक्षा मन्त्रालयका कृष्ण प्रसाद ज्ञवालीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गत सरुवा गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रमाकान्त दुवाडीलाइ खानेपानी मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सेसकान्त पोख्रेललाई सञ्चार तथा सूचना प्रविधी मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।

यस्तै युवा तथा खेलकुद मन्त्रालयका सहसचिव लक्ष्मी प्रसाद भट्टराईलाई घोराही उपमहानगरपालिकामा सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सेवन्त राज दाहाललाई राष्ट्रिय समावेशी आयोग ललितपुरमा सरुवा गरिएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारतीलाई पोखरा महानगरमा सरुवा गरिएको छ । धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेललाई वीरगन्ज महानगरपालिकामा सरुवा गरिएको छ ।

प्रतिक्रिया