

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका १३ कर्मचारीको बढुवा सिफारिस

काठमाडौँ- काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले १३ जना कर्मचारीको बढुवाका लागि सिफारिस गरेको छ।
लिमिटेडको पदपूर्ति समितिले विभिन्न पदमा कार्यरत १३ जना कर्मचारीको बढुवाका लागि सिफारिस गरेको हो। मंगलबार जारी सार्वजनिक सूचनाअनुसार उनीहरूको कार्यक्षमताका आधारमा बढुवा सिफारिस गरिएको हो।

