देशभर एकैदिन ३१६७ संक्रमित थपिए


काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३१६७जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

अहिलेको अवस्थामा देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ रहेको छ ।

पछिल्लो २४ घन्टामा देशभर १५ हजार ४ सय २९  जनाको पीसीआर परिक्षण गरिएको छ । यससँगै हालसम्म देशभर जनाको पिसिआर परिक्षण गरिएको छ ।

काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जना गरी पछिल्लो २४ घन्टामा उपत्यकामा १७४६ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई १८०० जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ८९ हजार ८ सय  ४० रहेको छ ।

प्रतिक्रिया