


देउवा प्रति भीम रावलकाे असन्तुष्टि, भन्छन्- स्वार्थकै लागि १० दिनमा दुईपटक मन्त्रिपरिषद् हेरफेर

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले १० दिनमा दुईपटक मन्त्रिपरिषद् हेरफेर गरेकोप्रति असन्तुष्टि जनाएका छन्। १० दिनमा दुईपटक मन्त्रिपरिषद् हेरफेर गरिनु स्वेच्छाचारीको निकृष्ट नमुना भएको टिप्पणी गरेका हुन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘पार्टीको आन्तरिक समस्या र स्वार्थका लागि मन्त्री पद लगायत राज्यका पदहरूको भागबण्डा, दुरुपयोग र १० दिनमा दुईपटक मन्त्रिपरिषद् हेरफेर गरिनु स्वेच्छाचारी, अनुत्तरदायी र अनैतिक राजनीतिको निकृष्ट नमुना हो। राज्यलाई व्यक्तिगत सम्पत्ति जस्तो गरी गुटस्वार्थमा होम्ने कुकर्म बन्द होस्।’
उनले पार्टीको आन्तरिक समस्या र स्वार्थका लागि पाँच दलीय गठबन्धनको सरकारले राज्यका पदहरूको भागबण्डा र दुरुपयोग गरेको आरोप लगाए। राज्यलाई व्यक्तिगत सम्पत्ति जस्तो गरी गुट स्वार्थ अन्त्य गर्न आग्रह गरेका छन्।
— Bhim Rawal, PhD (@BhimRawal179) July 5, 2022

