मधेसमा हस्तक्षेप बढाउन चिनियाँ ठेकेदारसँग चार करोड लिए


काठमाडौं– जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले तराईमा चिनियाँ एजेन्टका रुपमा काम गर्न थालेको रहस्य खुलेको छ।

तराईमा चीन बिरोधी गतिबिधि रोक्नेदेखि सरकारलाई असफल तुल्याउन र भारत बिरोधि गतिबिधीलाई बढाउन पछिल्लो समय अध्यक्ष यादव सक्रिय रहेको प्रमाण एकपछि अर्को फेला पर्न थालेको हो।

नेकपा विभाजनको बिषय चरम उत्सर्कमा पुगेको बेला अध्यक्ष यादव जस्ता नेता विदेशी एजेन्टका रुपमा सलबलाउन थालेको देखिन्छ।

केन्द्रीय सरकारदेखि दुई नम्बर प्रदेश सरकार गिराउने र बनाउनसम्म यादवको ठूलो भूमिका हुन्छ । प्रदेश २ सरकार उनकै दलको नेतृत्वमा छ।

उक्त सरकार टिकाउन अध्यक्ष यादवले मुख्य मन्त्री महोमद लालबाबु राउतसँग मोटो रकम असुल्दै आएको पनि आरोप छ ।

पछिल्लो समय यादवले तराईमा भारत विरोधि र चीनको गतिबिधी सञ्चालन गर्न सरकारविरुद्ध नाराबाजी सञ्चालन गर्न चीनकै एक निमार्ण कम्पनीसँग मोटो रकम लिएको खुलेको हो।

अध्यक्ष यादवले २९ डिसेम्बर भैरहवाको होटल मयुरमा नर्थवेस्ट सिभिल एभिएशन एयरपोर्ट कन्ट्रक्शन कम्पनीसँग उक्त रुपैंया लिएको तथ्य भेटिएको हो। सो कम्पनीले भैरहवा बिमानस्थल निमार्णको काम गर्दै छ । कम्पनीले अरनिको सोसाईटीका अध्यक्ष मनोजमान श्रेष्ठमाफर्त यादवलाई उक्त परिमाणको रुपैंया दिएको तथ्य फेला परेको हो।

चीनसँग नजिक रहेका अरनिको सोसाईटीका अध्यक्ष मनोजमान श्रेष्ठले उक्त रकम यादवलाई दिएका थिए।

जनता समाजवादी पार्टीको एउटा कार्यक्रममा भैरहवामा पुगेका बेला होटल मयुरमा यो रकम लिएका यादवले चिनियाँ प्रभावलाई तराई क्षेत्रमा सक्रिय पार्नका लागि लिएको स्रोतको दाबी छ।

यादव समाजवादी पार्टीका कार्यकर्तालाई सम्बोधनका लागि भैरहवा पुगेका थिए। ‘यादवले जसपाका अन्य नेतालाई कुनामा राखेर गोप्य रुपमा रकम लिएका छन्’, स्रोतले दाबी गरेको छ।

चीनका तर्फबाट मध्यस्तता गर्ने श्रेष्ठले तराई क्षेत्रको प्रभावका निम्ति यादवको प्रयोग गरेको बताइएको छ। श्रेष्ठ क्षेत्रपार्टी स्वतन्त्र अस्पताल, काठमाडौं अल्ट्रासाउन्ड क्लिनिक, क्षेत्रपाटी क्लवका अध्यक्ष हुन्। उनी चिकित्सा पेशामा रहँदा काठमाडौं मोडल अस्पतालमा पनि कार्यरत थिए।

श्रेष्ठले चिनियाँ प्रशासनसँगको सम्बन्ध भने बेइजिङस्थित मेडिकल विश्वविद्यालयमा अध्ययनका क्रममा बनाएका थिए । चिनियाँ पक्षसँग पैसा लिएका यादवले बिगत दुई बर्षदेखि तराईमा चिनियाँ प्रभाब बढाउन चिनियाँ पक्षसँग पैसा लिँदै आएको स्रोत बताउँछ ।

चिनियाँ पक्षसँग पैसा लिन थालेपछि यादवलाई नेपालस्थित भारतीय दूतावासले उच्च निगरानीमा राखेको छ । एक बर्ष अगाडि फ्रि तिब्बत कार्यक्रममा सहभागी भएको भन्दै अध्यक्ष यादवले पर्सा जिल्लाका जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद प्रदिप यादवलाई ६ महिना निलम्बन गरेका थिए । सांसद यादव फ्रि तिब्बतको कार्यक्रममा सहभागी हुन यूरोप पुगेका थिए ।

तिब्बतको भूभाग चिनियाँ पक्षले पनि मिचिको बिषयमा एक बर्ष अगाडि बिभिन्न समाचार माध्यमा आएको समाचारको बिषयलाई लिएर तत्कालिन समयमा वीरगञ्जमा गर्न लागिएको चीन बिरोधी कार्यक्रममा अध्यक्ष यादवले कुनै अपनि आन्दोलन गरे पार्टीले कारवाही गर्ने भन्दै जिल्ला स्तरीय नेतालाई धम्क्याएका थिए।

प्रतिक्रिया