सप्तकोशीमा बहाव बढेपछि ब्यारेजको २४ वटा ढोका खाेलियाे


सुनसरी – सप्तकोशी ब्यारेजको कुल ५६ ढोकामध्ये २४ वटा ढोका खोलिएको छ । अबिरल वर्षापछि नदीमा पानीको बहाव बढेपछि २४ ढोका खोलिएको हो ।

बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पानीको बहाव बढेकाले तटीय क्षेत्रका स्थानीयलाई सुरक्षीत रहन प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया