बाढीले विराटनगरमा १७५ परिवार विस्थापित


विराटनगर – बाढीले बगाएर सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ। सुन्दरहरैँचा–६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको गछिया खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण सिंघिया खोलामा आएको बाढीले १७५ परिवार विस्थापित भएका छन्। विराटनगर र कटहरी गरि १७५ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका छन्। विराटनगर-८ मा २५ र विराटनगर-२ मा २० परिवार विस्थापित भएका छन्। विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार कटहरी-१ को टाइगरटोलमा ६०, हनुमान मन्दिर एरियामा ४० र नारी विकास संघ एरियाका ३० परिवार विस्थापित भएका छन्।

प्रतिक्रिया