
झापा र इलामको नेपाल-भारत सीमा नाका ७२ घण्टाका लागि सिल
काठमाडौँ- झापा र इलामको नेपाल-भारत सीमा नाका ७२ घण्टाका लागि सिल गरिएको छ। भोलि (आइतबार) दार्जिलिङमा हुने प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) को चुनावलाई लक्षित गरी शुक्रबार बिहानदेखि सोमबार बिहान ६ बजेसम्मका लागि दुई जिल्लाअन्तर्गत पर्ने नेपाल भारत सीमा नाका सिल गरिएको हो।
झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार भारतीय पक्षले नेपाली प्रशासनलाई यसबारे केही दिनअघि नै जानकारी गराएको थियो। भारतको पश्चिम बङ्गालसँग सीमा जोडिएको इलामको पशुपतिनगर र झापाको काँकरभिट्टा तथा भद्रपुर नाका सिल गरिएको छ।



कागजपत्र |
