

दुबईका राजकुमार नेपालमा

झापा — दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीन दिने भ्रमणका लागि शनिबार नेपाल आएका छन्।
शनिबार मध्यान्ह काठमाडौं अवतरण गरेका राजकुमार मोहम्मद त्यस लगत्तै झापा पुगेका छन् ।
पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्नका लागि झापा पुगेका राजकुमारलाई नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले स्वागत गरेका थिए।

