ख्वप कलेजमा ‘आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयक सम्मेलन हुने


भक्तपुर – ख्वप कलेज देकोचा भक्तपुरमा आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयक दोस्रो राष्ट्रिय सम्मेलन हुने भएको छ । सम्मेलन जेठ २९ र ३० गते दुई दिन हुने कलेजका प्राचार्य रूपक जोशीले बताए ।

दुवै दिन हुने सम्मेलनको पहिलो दिन दुई वटा टेक्निकल सेसन हुने जनाइएको छ । दोस्रो दिन भने चार वटा टेक्निकल सेसन हुने जोशीले बताए।

पहिलो दिन प्रा. डा. पुष्कर बज्राचार्य, प्रा. डा. धु्रबुकुमार गौतम र डा. रामकुमार फुयाँल र दोस्रो दिन प्रा. डा. आरन स्थापित, डा. जितेन्द्र डंगोल र नरबहादुर विष्ट प्लेनरी सेक्सनमा रहने छन् । सम्मेलनमा ४० जनाभन्दा बढीको प्रस्तुति रहने जनाइएको छ ।

कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले बिहान साढे आठ बजे कलेजमै गर्ने छन् ।

प्रतिक्रिया