एन्फाका पूर्वमहासचिव शाहीको निधन


काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व महासचिव लाकबहादुर शाहीको ६५ वर्षको उमेर निधन भएको छ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर शाहीको आइतबार साँझ दैलेखमा निधन भएको हो ।

उनको पुर्ख्यौली घर दैलेखमै अन्तिम संस्कार गरिने भएको छ । नेपालले सन् १९८४ मा साफ फुटबलको स्वर्ण पदक जित्दा शाही त्यसको सदस्य थिए । पछि उनी एन्फाको महासचिवसम्म बनेका थिए ।

उले सन् १९८२ देखि १९८९ सम्म नेपालको राष्ट्रिय टिमबाट खेलेका थिए । उनी नेपाल आइस हक्की संघका संस्थापक अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया