चितवनको नाग्दी खोलामा झरेको पहिरोका कारण सवारी आवागमन अवरुद्ध


काठमाडौं – चितवनको ईच्छाकामना गाँउपालिका–५ नाग्दी खोलामा राती झरेको पहिरोका कारण दुई तर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।

राती सवा ११ बजेबाट पहिरो झरी अवरुद्ध भएको सडक दुईवटा जेसीबी प्रयोग गरेर हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

पानी परिरहेको र पहिरो समेत झरिरहेको कारण पहिरो हटाउन केही समय लाग्ने ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

 

प्रतिक्रिया