निर्मला प्रकरणलाई टुंगो लगाउने पहिलो प्राथमिकताः आईजी सिंह


काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले निर्मला हत्या प्रकरणको अनुसन्धान टुंगोमा पुर्याउने दाबी गरेका छन्।

प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा दुई एआईजीलाई सँगै राखेर बोल्दै आईजीपी सिंहले भने , ‘मेरो कार्यकालमा निर्मला प्रकरणलाई टुंगोमा पुर्याउन प्रयास गरिने छ, अहिले पनि अनुसन्धान जारी छ ।’

आईजीपीको जिम्मेवारी सम्हालेको एक महिना पुगेको अवसरमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए।

कञ्चनपुरकी बालिका निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो। त्यसपछि तीन आईजीपी फेरिए। तर, घटनामा संलग्न अभियुक्तलाई अहिलेसम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । उनले अहिले निर्मला पन्त प्रकरणलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउँदै आफ्नै कार्यकालमा टुंगो लाग्ने गरि अनुसन्धान जारी रहेको बताए ।

आईजीपी सिंहले गलत काम गर्ने प्रहरीमाथि कारबाही सुरु गरिएको पनि दाबी गरे ।

प्रतिक्रिया