राष्ट्रपति भण्डारी सुर्खेतमा


सुर्खेत – राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आइपुगेकी छन् । राष्ट्रपति भण्डारी अनौपचारिक भ्रमणका लागि सुर्खेत आएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद पाण्डेले जानकारी दिए ।

भण्डारी बाजुराको बडिमालिका जाने कार्यक्रम रहेको बताइएको छ । भण्डारी ले बडिमालिकाको दर्शन गरेर बुधबार काठमाडौं फर्किने पाण्डेले जानकारी दिए ।

उनका अनुसार भण्डारी नेपाली सेनाको पश्चिम कमाण्डमा अनौपचारिक छलफल गर्ने छिन् । उनका अनुसार भण्डारीको औपचारिक कार्यक्रम छैन ।

प्रतिक्रिया