सिन्धुपाल्चोकका एसपी यादव पुरस्कृत


सिन्धुपाल्चोक — जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादव पुरस्कृत भएका छन् ।

स्थानीय निर्वाचनलाई शान्तिपूर्ण एवं त्रुटिरहित सम्पन्न गराउन प्रभावकारी भूमिका खेलेको भन्दै बागमती प्रदेश कार्यालय हेटौंडाले एसपी यादवलाई पुरस्कृत गरेको हो ।

एसपी यादवलाई प्रदेश कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) पूजा सिंहले पुरस्कृत गरेकी हुन् । उक्त अवसरमा यादवले जिल्लाको शान्ति सुव्यवस्था कायम राख्नुका साथै पाएको जिम्मेवारीलाई इमान्दारी ढंगबाट निर्वाह गरेकोले पुरस्कृत गरिएको जनाइएको छ ।

प्रतिक्रिया