विमान दुर्घटना स्थल भेटियो : नेपाली सेना


काठमाडाैँ- नेपाली सेनाले मुस्ताङमा भएको तारा एयरको जहाज दुर्घटना स्थल पत्ता लगाएको जनाएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फतदुर्घटनास्थल पत्ता लागेको  र यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताएका हुन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फतदुर्घटनास्थल पत्ता लागेको  र यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताए।

आइतबार बिहान ९:५५ मा पोखराबाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०:०७ बजेदेखि जहाज सम्पर्कविहीन छ। आइतबार साँझसम्म सुरक्षाकर्मी र स्थानीयले जहाजको खोजी गरे पनि फेला पारेका थिएनन्।

तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।

जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए।

 

प्रतिक्रिया