विमानस्थलमा आफन्तको रुवाबासी


पोखरा – सम्पर्कबिहीन पोखराबाट जोमसोमका लागि उडेको तारा एयरमा यात्रा गर्ने यात्रुका आफन्त पोखरा विमानस्थलमा भेला भएका छन् ।

सम्पर्कबिहीन जहाजका साथै आफन्तको खोजखबरका लागि विमानस्थलमा जम्मा भएका आफन्तहरु भावविह्लव अवस्थामा देखिएका छन् ।

आइतबार बिहान १९ यात्रुसहित पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर जहाज बिहान १० बजेर ७ मिनेटदेखि सम्पर्कबिहीन रहेको छ ।

जहाज सम्पर्कबिहीन भएपछि उद्धारका लागि पहल भए पनि अहिलेसम्म जहाजको वास्तविकताबारे पत्ता लाग्न सकेको छैन । मौसमको खराबीका कारण विमान सम्पर्कबिहीन भएको जनाइएको छ । अहिले नेपाली सेनाको र केही निजी क्षेत्रका हेलिकोप्टरहरु खोजीको तयारीमा रहेका छन् । सुरक्षाकर्मीहरु मुस्ताङको लेते क्षेत्रमा खोजीका लागि स्थलमार्गबाट गए पनि अहिलेसम्म केही पत्ता लागेको छैन ।

केही स्थानीयका अनुसार मुस्ताङको लेते क्षेत्रमा ठूलो आवाज आएको जनाइएको थियो ।

उक्त जहाजमा ३ जना चालकदल र १९ यात्रुसहित २२ जना रहेको जनाइएको छ । उक्त जहाज क्याप्टेन प्रभाकर घिमिरेले, विमान परिचालिका किस्मी थापा र चालक दलका अर्का सदस्य उत्सव पोखरेलले उडाएको जनाइएको छ ।

यात्रुहरुमा इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, माइक ग्रीट ग्राफ, बसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, उवे विल्नर र वैभवी बाण्डेकर रहेको तारा एयरले जनाएको छ ।

प्रतिक्रिया