भरतपुरकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना
काठमाडौं – भरतपुरकी नवनिर्वाचित भएर रेनु दाहाल दुर्घटनामा घाइते भएकी छन् । उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।
स्रोतका अनुसार जावलाखेलस्थित स्टाफ कलेज अगाडि उनी चढेको गाडी पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।
दाहालको टाउकोमा चोट लागेको छ । उपचारको क्रममा टाउकोमा केही टाँका लगाइएको, अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।