बुटवलमा २ वटा तेल ट्यांकरमा आगलागी


रुपन्देही – रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्यांकरमा आगो लागेको छ ।

डिपोमा तेल खनाउने तयारी गर्ने क्रममा लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरबाट तेल खनाउने क्रममा आगो लागेको जनाइएको छ ।

सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलले आगलागी नियन्त्रणमा लिइसकेको पनि जनाइएको छ ।

 

प्रतिक्रिया