
गरुडाको मेयरमा झिनो ३८ मतान्तरले एमाले विजयी
रौतहट – रौतहटको गरुडा नगरपालिकामा कडा प्रतिस्पर्धाका बीच एमालेका मेयरको उम्मेदवारको विजय भएका छन् ।
गरुडा नगरपालिकामा एमालेका उम्मेदवार कन्थमनी प्रसाद कलवार मात्र ३८ मतको झिनो अन्तरले निर्वाचित भएका छन् । उनले कुल ४ हजार ५६३ मत प्राप्त गरेर मेयर पदमा विजयी भएका हुन ।
उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार वृजकिशोर यादवले कुल ४ हजार ५२५ मत प्राप्त गरेका थिए ।
त्यसैगरी उपमेयरमा नेपाली काँग्रेसकी उम्मेदवार पुनम कुमारी चौधरी निर्वाचित भएकी छिन् । चौधरी कुल ६ हजार ७०३ मत प्राप्त गरेर उपमेयरमा विजयी भइन् भने उनको निकटतम प्रतिद्वन्द्वी जसपाकी बिन्दु देवीले ४ हजार ४ ७७ मत प्राप्त गरिन् ।
योसँगै प्रभु साहको गृह जिल्ला रौतहटमा एमालेले ३ स्थानीय तहमा जित निकालेको छ ।



कागजपत्र |
