करिब ६१ हजार मतसहित काठमाडौंको उपमेयरमा सुनिताको फराकिलो अग्रता


काठमाडौं – काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डङ्गोलले फराकिलो अग्रता कायम राखेकी छन् । उनले ६० हजार ६७५ मत पाएकी छन् ।

उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले २० हजार ६८६ मत पाएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी विनीता मगैयाले १० हजार ६१० मत पाएकी छन् । हालसम्म १ लाख ६६ हजार ३१३ मतगणना भएको छ ।

प्रतिक्रिया