टी-ट्वान्टी सिरिज : युगान्डामाथि नेपालको पहिलो जित


काठमाडौं – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सुरिजमा पाहुना टोली युगान्डामाथि पहिलो जित निकालेको हो । पाँच खेलको टी-ट्वान्टी सिरिजको चौथो खेलमा नेपालले युगान्डामाथि १५ रनको जित निकालेको हो ।

भिजेको मैदानका कारण ढिलो सुरु भएको खेल १८ ओभरमा झारिएको थियो । नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगान्डाले १८ ओभरमा ८ विकेट गुमाएर मात्र ८२ रन बनायो ।​

जनेट बाबाजीले सर्वाधिक २१ रनको योगदान गरे । त्यस्तै रिता यान्गेन्दो र इलेन यानिपोले समान १६-१६ रनको योगदान गरे । नेपालका लागि हिरानमैया रोयले दुई विकेट लिए ।

त्यस्तै कविता कुँवर, कस्मिना कर्माचार्य र रुविना क्षेत्रीले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ९७ रन बनायो ।

नेपालका लागि ज्योती पाण्डेले सर्वाधिक १७ रन बनाईन् । त्यस्तै विन्दु रावलले १६ रन बनाउँदा सीता राना मगरले ११ रनको योगदान गरिन् ।​

बलिङतर्फ युगान्डाका लागि कोन्के वेकोले तीन किवेट लिइन् । त्यस्तै साहरा कितेङले दुई विकेट लिँदा फिनोवा कुलुमे र जेनेट बाबारीले एक-एक विकेट लिए ।

आजको जितसँगै नेपाल सिरिजमा ३–१ को नतिजामा राखेको छ । युगान्डाले सिरिज जिताइ सकेको छ ।

प्रतिक्रिया