

कांग्रेस नेता सिटौलाकै गृहवडामा कांग्रेस पराजित

झापा – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटाैलाको वडामा कांग्रेस पराजित भएको छ ।
सिटौलाले मतदान गरेको भद्रपुर नगरपालिका वडा नम्बर १० को वडा अध्यक्षमा एमालेले ३ सय ९ मतान्तरले जितेको हो ।
एमालेका वडा अध्यक्ष टेकबहादुर खड्काले १४ सय ८० मत ल्याउँदा कांग्रेस उमेदवार विष्णुप्रसाद काफ्लेले ११ सय ७१ मत मात्र प्राप्त गरे । त्यस्तै राप्रपाका खेमराज भट्टराईले ७०६ मत ल्याएका थिए ।
०७४ को निर्वाचनमा एक्लै लड्दा ८ पालिका जितेको झापामा यसपटक गठबन्धन गर्दा पनि कांग्रेसको अवस्था कमजोर देखिएको छ ।

