

४ सय ४८ पालीकाको परिणाम सार्वजनिक, कसले कति पालीका जिते ?

काठमाडौं – स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउने क्रम जारी छ । हाल सम्म देशभरका ७५३ वटा स्थानीय तह मध्ये ४ सय ४८ पालीकाको मत परिणाम सार्वजनिक भैसकेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबिच मुख्य प्रतिस्पर्धा देखिएको छ ।
मत परिणाम सार्वजनिक भएका पालीका मध्ये काँग्रेस अग्र स्थानमा देखिएको छ । नेकपा एमाले र माओवादी केन्द्र क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । काँग्रेसले २ सय ५ पालीकाको प्रमुखरअध्यक्ष जितेको छ भने १ सय १४ स्थानमा अगाडी देखिएको छ । उपप्रमुखरउपाध्यक्षमा पनि काँग्रेस सबै भन्दा धेरै १ सय ९६ स्थानमा जितसँगै ९४ स्थानमा अगाडी छ ।
यस्तै एमालेले १२९ पालीका प्रमुखरअध्यक्ष पदमा जित हात पारेको छ भने ६७ स्थानमा अग्रता बनाएको छ । उसले उपप्रमुखरउपाध्यक्ष पदमा १ सय ३४ स्थानमा विजय प्राप्त गर्दै १ सय २ स्थानमा अग्रता लिएको छ । ८८ स्थानीय तहको प्रमुखरअध्यक्ष पदमा विजय प्राप्त गरेको माओवादीले भने ३० स्थानमा अग्रता बनाएर एमालेलाई पच्छ्याइरहेको छ । तेस्रो स्थानमा रहेको माओवादीले ९४ पालीकाको उपप्रमुखरउपाध्यक्ष पदमा विजय हासिल गरेको छ भने ३२ स्थानमा अग्रता बनाएको छ ।
यता नेकपा ९एकीकृत समाजवादी०ले पालीका प्रमुख/अध्यक्ष पदमा ७, जसपा ५ र अन्य बागी तथा स्वतन्त्र उम्मेदवारहरूले १४ स्थानमा जित हात पारेका छन् । कतिपय स्थानमा अझै मत गणना भएको छैन भने केही ठाउँमा आज पनि मतदान भइरहेको छ ।

