
शुरू हुन सकेन रंगेलीमा रोकिएको मतगणना
विराटनगर – मोरङको रंगेलीमा शनिवार रातिदेखि रोकिएको मतगणना खुलाउनका लागि निर्वाचन आयोगको निर्णय पर्खनु पर्ने भएको छ ।
शनिवार राति ११ बजेदेखि रोकिएको मतगणना शुरू गर्न सर्वदलीय बैठक राखिए पनि सहमति नभएपछि निर्वाचन आयोगलाई जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी काषिराज दाहालले बताए ।
आयोगको निर्णय आएपछि मात्रै मतगणना शुरू गरिने उनले जानकारी दिए । खाली मतपेटिकाको फोटो देखाएर नेकपा एमाले बाहेकका दलले मतगणना रोक्न माग राख्दै निवेदन दिएका थिए ।
३ हजार मतगणना भइसकेपछि खाली मतपेटिका भेटिएको भन्दै निवेदन दिएपछि मतगणना रोकिएको अधिकृत काफ्लेले बताए । मतपेटिका फोडिएको अवस्थामा फेला परेको भन्दै गणना नगर्न दबाब दिदै मतगणना रोक्न माग गरेका थिए ।



कागजपत्र |
