वडाध्यक्षको घरमा भएकाे झडपमा ९ राउण्ड हवाई फायर


काठमाडाैं – मुगुमा कांग्रेस र माओवादी केन्द्रबीचको विवाद हुँदा प्रहरी ९ राउण्ड हवाई फायर गरेको छ । बुधवार सोरु गाउँपालिका-३ भिईमा झडप भएको कर्णाली प्रदेशका प्रवक्ता एसपी हिराबहादुर पाण्डेले जानकारी दिए ।

‘अहिले अवस्था नियन्त्रणमा आएको छ । सामान्य अवस्था छ,’ उनले भने,‘म पनि घटना स्थलमा जाँदै छु, पूर्ण विवरण आइसकेको छैन ।’

माओवादीको तर्फबाट वडाध्यक्ष उम्मेदवार मनकला रोकायाको घरमा कांग्रेसका कार्यकर्ताहरूले हुलहुज्जत तोडफोड र आगजनी प्रयास गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन ३०३ राइफलबाट ९ राउण्ड र सर्टगनबाट २ राउन्ड हवाई फायर गरिएको थियो ।

प्रतिक्रिया