झाडापखालाबाट दाङमा एक बालकको मृत्यु, चारजना बिरामी


काठमाडौँ। झाडापखालाबाट दाङको तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन्। तुलसीपुर उपमहानगरपालिका–११ उरहरि निवासी तिलक पुनका साढे दुई वर्षका छोरा अनमोल पुनको समयमै उपचार नहुँदा मृत्यु भएको हो। झाडापखालाले अवस्था गम्भीर बनेपछि उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

अस्पतालका इमर्जेन्सी इन्चार्ज धनबहादुर केसीका अनुसार समयमै उपचार नपाउँदा अनमोलको मृत्यु भएको हो। झापापखालाबाट ५० वर्षीय वुद्धिराम पुन, ४० वर्षीया गौरी पुन, ५८ वर्षीया कलसिङ पुन र मीना पुन बिरामी भएका छन्। उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इमर्जेन्सी इन्चार्ज केसीले जानकारी दिए। चार बिरामीमध्ये बुद्धिरामको अवस्था गम्भीर रहेको छ।

बिरामीमा झाडापखाला लाग्ने, बान्ता हुने लक्षण देखापरेको चिकित्सकहरुले बताएका छन्। बिरामी सबै एकाघरका भएको इन्चार्ज केसीले जानकारी दिए।

प्रतिक्रिया