

मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा रोक

प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जारी गरेको सूचनामा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ दफा ७१ (मादक पदार्थ निषेध गर्ने)मा भएको व्यवस्थाको कार्यान्वयनका लागि मादक पदार्थको ओसारपसार, बिक्री वितरण र सेवनमा कडाइ गरेकाे उल्लेख छ ।
प्रशासनले मतदानको दिन बिहान ४ बजेदेखि सोही दिनको राति १० बजेसम्म सुरक्षा निकाय, एम्बुलेन्स, दमकल, विद्युत सेवा, अस्पताल सेवा, शव बाहन, दुरसञ्चार सेवा जस्ता अत्यावश्यक सेवा र अनुमति लिएका सवारी साधन बाहेकका अन्य सवारी साधनमा पनि राेक लगाएकाे छ ।

